काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादीलाई विश्वास नगरे देश नबच्ने बताउनु भएको छ । पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद, २०८२ मा अध्यक्ष दाहालले जनताले माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने बताउनु भएको हो ।
उहाँले माओवादीले सरकारमा रहेर नराम्रा काम नगरेको बताउँदै नेपाली कांग्रेस र नेकपा एमाले भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनु भयो । दाहालले वर्तमान सरकारले राष्ट्रमा सुशासन ल्याउन नसक्ने भन्दै माओवादीले विगतमा गरेका कमी, कमजोरीलाई सच्याएर अघि बढेको बताउनु भयो ।






