सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादीको जनयुद्धको औचित्यको आलोचना गर्दै माओवादीहरूले जनयुद्ध बेचेर खाइसकेको टिप्पणी गरेका छन्। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले भने, माओवादीहरूले रुकुम र रोल्पाबाट उठेर सिंहदरबार, नारायणहिटी र नेपाली सेनालाई पराजित गरेर क्रान्ति पूरा गरेका थिएनन्, मुलुकको क्रान्ति बहुदलीय जनवादबाट शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। मन्त्री गुरुङले २०६५ सालको घटनालाई उदाहरण दिँदै ५९६ जना प्रतिनिधिले भोट गरेर राजतन्त्रको अन्त्य गरेको बताए। उनले माओवादीले गरेको हिंसा र बर्बरतामा आधारित जनयुद्धको आलोचना गर्दै, माओवादी पार्टी अहिले माओवादी विचारलाई सही भन्न नसकेको र माओवादको विचारधारालाई त्याग्नुपर्ने कुरा पनि राखे।

ूमाओवादीहरूले गरेका हत्या र हिंसा राजनीतिक मुद्दा नभएर आतंकवाद र क्रूरता मात्र थियो, मन्त्री गुरुङले भने। उनले माओवादीलाई चेतावनी दिँदै भने कि अहिलेको विश्वमा माओवादी विचारको औचित्य समाप्त भएको छ र माओवादी विचारधारामा आधारित पार्टी संसदीय प्रणालीमा भाग लिनु नैतिक दृष्टिकोणसँग मेल नखाने कुरा हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय