काठमाडौं । नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता हुँदैछ । ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा पार्टी एकता हुन लागेको हो ।
अध्यक्ष महिन्द्र राय यादव पार्टी एकतामा पछि हटेसँगै श्रेष्ठ एकताको प्रक्रियामा लागेका हुन् । २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको श्रेष्ठले दाबी गर्दै आउनु भएको छ ।



एकता घोषणा कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूले सम्बोधन गर्नुहुने छ ।



