काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी सत्ताको खेलमा नरहेको दाबी गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकमा दाहालले माओवादी अहिले जनतामाझ गइसकेको बताउनु भएको हो । उहाँले कांग्रेस–एमालेसँग टाँसिंदा लागेको धुलो टकटक्याउँदै जनतामा फर्किएको उल्लेख गर्नुभयो ।



उहाँले कांग्रेस एमाले ८४ सम्म मात्र नभई त्यसपछि पनि सहकार्य गरेर अघि बढ्न आग्रह गर्दै आफूहरू आफ्नै बलबुतामा सरकार बनाउन दृढ रहेको बताउनु भयो ।



