काठमाडौं । जिल्लाको माडी नगरपालिकामा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । भूमिगत प्रसारण लाइनमा समस्या आउँदा शनिबार दिउँसो २ बजेदेखि माडी नगरपालिकामा विद्युत् आपूर्ति बन्द भएको हो ।
विद्युत् प्राधिकरण वितरण केन्द्र चनौलीका प्रमुख राजकुमार श्रेष्ठले विद्युतीकरण गरिएको स्थानमध्ये एक ठाउँ रिउ खोला नजिक राखिएको भूमिगत लाईनमा समस्या आएपछि विद्युत आपूर्ति बन्द भएको जानकारी दिनुभयो ।



यस्तै चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको भूमिगत विद्युतीकरणको तारमा सडकको चौडाइ फराकिलो बनाउने क्रममा उपकरणको ठक्करबाट समस्या आएको जानकारी दिनुभयो । उहाँले दुबै ठाउँको समस्या समाधान आज साँझसम्ममा हुने समेत बताउनु भयो । माडी नगरपालिकामा १२ हजार ग्राहक रहेका छन् ।



