काठमाडौं । साउन महिनाको पहिलो सोमबार पारेर तारकेश्वर नगरपालिका–२, काभ्रेस्थलीस्थित वृहद् शान्तिधाम नेपालले श्रावणी मेला तथा श्रीरामेश्वरम् जलाभिषेक यात्रा महोत्सव–२०८३ आयोजना गरेको छ ।

साउन ४ गते हुने जलयात्राअन्तर्गत श्रीरामेश्वरम्बाट आउने भक्तजनहरूले चन्द्रागिरि नगरपालिका–६ स्थित पवित्र मातातिर्थबाट जल लिएर पुनः शान्तिधाममा पुगी भगवान् शिवको जलाभिषेक गर्ने कार्यक्रम रहेको छ ।

मातातीर्थ विकास तथा संरक्षण संस्थाका अध्यक्ष शान्त उदासका अनुसार मातातिर्थबाट जलयात्रामा सहभागी हुन इच्छुक श्रद्धालुहरूको सुविधाका लागि यातायातको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले साउनको पवित्र महिनामा आयोजना हुने यस धार्मिक यात्रामा सहभागी भई पुण्य लाभ लिन पनि सम्पूर्ण श्रद्धालुहरूलाई आग्रह समेत गर्नुभएको छ । जलाभिषेक यात्राले धार्मिक आस्था, सांस्कृतिक परम्परा तथा भक्तजनबीचको एकता र सद्भावलाई थप सुदृढ बनाउने अध्यक्ष उदासको विश्वास छ ।

श्रावण महिनामा भगवान शिवप्रति श्रद्धा व्यक्त गर्दै जलाभिषेक गर्ने परम्परालाई थप व्यवस्थित र भव्य बनाउने उद्देश्यले जलयात्रा तथा धार्मिक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका धर्मप्रेमी, भक्तजन तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय