काठमाडौं । दिवङ्गत आमाको सम्झनामा काठमाडौंको चन्द्रागिरिस्थित मातातीर्थमा आज बिहानैदेखि श्रद्धालुहरूको ठूलो भीड लागेको छ ।
तीर्थस्थलमा विहान देखि नै स्नान, दान, श्राद्ध, तर्पण तथा पूजा गर्ने र मेला भर्नेहरूको घुइँचो बढेर गएको छ । आमा दिवङ्गत भएका नरनारीहरूले यस दिन बिहानै मातातीर्थमा गई स्नान गर्ने, हरिहर (विष्णु र शिव) को दर्शन तथा पूजा गर्ने प्रचलन छ । मातातीर्थ कुण्डमा स्नान गरेमा दिवङ्गत आमाको आत्मालाई शान्ति मिल्ने जनविश्वास रहिआएको छ ।



हरेक वर्ष आमा नभएका व्यक्तिहरूले मातातीर्थ पुगेर कुण्डमा स्नान गर्ने, मीठा परिकार चढाउने तथा श्रद्धाभावपूर्वक मातृदिवस मनाउने गर्दछन् ।



