काठमाडौं । आउँदो १४ गते आमाको मुख हेर्ने दिन । विश्वमा एकमात्र तीर्थ स्थल काठमाडौंको चन्द्रागिरिमा रहेको मातातीर्थमा लाग्ने विशष मेलाको तयारी तीब्र पारिएको छ । हाल उक्त स्थानमा स्टल बुकिङदेखि रंगरोगन, सरसफाई लगायतका काम भइरहेका छन् ।




मातातीर्थ संरक्षण संस्थाका अध्यक्ष शान्त उदासले दुई दिन चल्ने मेलामा विभिन्न खाद्यान्न, लत्ताकपडालगायतका सामग्रीको लागि स्टल बुकिङ सकिएको पनि जानकारी दिनुभयो । उहाँले मेलाका लागि करिव ४ सय स्टल बुकिङ भएको बताउनुभयो । २ सय ८४ स्टल एक हजार रुपैयाँका दरले र एक सय स्टल ५ सय रुपैयाँका दरले बुकिङ भएको अध्यक्ष उदासले जानकारी दिनुभयो । मातातीर्थ फुटबल ग्राउण्डमा स्टल लिन चाहनेका लागि भने एक स्टल बराबर ८ हजार रुपैयाँ तिर्नुपर्ने बताउँदै अध्यक्ष उदासले मेला अवधिभर १३ देखि १५ लाख रुपैयाँ खर्च लाग्ने बताउनु भयो । स्टल बुकिङका लागि करिव २ हजार व्यवसायी आएता पनि स्थान अभावका कारण बालागाउँभन्दा तल्लो भेगको सडक किनारालाई समेत स्टलको रुपमा प्रयोग गरिने जानकारी दिनुभयो ।

उक्त दिन चन्द्रागिरि नगरपालिकाले नगरमा सार्वजनिक विदा दिएको छ ।



