काठमाडौं । मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाले आयोजना गरेको फुटबल प्रतियोगिता कात्तिक ३ गतेसम्म संचालन हुनेछ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा रहेको मातातीर्थ फुटबल मैदानमा हुने उद्घाटन खेलमा सोल्टी नेपाल र युनिक फुटबल क्लब बीच प्रतिस्पर्धा हुँदैछ । खेल नकआउट प्रणालीबाट खेलाइने छ । प्रतियोगितामा १९ टिमले सहभागिता रहेको छ । सेतीदेवी युवा क्लव पहिलो चरणमा नै बाइ पाई सिधै दोस्रो चरणमा प्रवेश पाएको छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले गर्ने कार्यक्रम तय भएको छ ।



प्रतियोगितामा विजेताले ३ लाख रूपैयाँ नगद, शिल्ड तथा मेडल पुरस्कार पाउने छ भने उपविजेताले नगद २ लाख रूपैयाँ र तेश्रो हुने टीमले नगद १ लाख नगद, शिल्ड तथा मेडल पुरस्कार पाउने छन् । प्रतियोगिताको बेस्ट प्येयर, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर र सर्वाधिक गोलकर्ताले जनही १० हजार नगद पुरस्कार र ट्रफि पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको बेस्ट टिमलाई २० हजार नगद दिइनेछ ।



