चन्द्रागिरि नगरपालिका वडा नं ६ मातातीर्थ बालागाउँस्थित फुटबल मैदानमा गत असोज २० गतेबाट सुरु भएको दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि तीनथानाको कुर्दन फुटबल एकेडेमीले हात पारेको छ ।शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा नक्सालस्थित स्टार ११ को चुनौती ४-० ले पन्छाउँदै कुर्दनले दोश्रो प्रयासमा उपाधि हात पारेको हो । कुर्दन गत संस्करणको फाइनलमा किसिपिडी युथक्लबसँग पराजित हुँदा उपविजेतामा सीमिति हुन पुगेको थियो ।

उपाधिसँगै कुर्दनले ३ लाख रूपैयाँ नगदसहित ट्रफी हात पार्न सफल भएको छ । उपविजेता स्टार ११ ले नगद २ लाख तथा ट्रफी प्राप्त गरेको छ । प्रतियोगिताको तेस्रो स्थानको लागि भएको खेलमा सोल्टी नेपाललाई पराजित गर्दै स्वतन्त्र युवा क्लबले नगद १ लाख रूपैयाँ तथा ट्रफी हात पारेको छ । स्वतन्त्र युथ प्रतियोगिताको अनुशासित टिम समेत घोषित भएको छ । स्वतन्त्रका उज्वल राईले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरेकाछन् भने, उनले प्रतियोगिता अवधिभर व्यक्तिगत ५ गोल समेत गरेका थिए । स्वतन्त्रकै राम वाजी प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी बन्न सफल भएकाछन् ।

यसैगरी प्रतियोगिताको उत्कृष्ठ डिफेन्डरको उपाधि कुर्दन फुटबल एकेडेमीका रोहित थापा चुनिँदा कुर्दनकै सन्तोष महत सर्वोत्कृष्ठ गोल रक्षक चुनिएकाछन् । व्यक्तिगत विधा तर्फ उत्कृष्ठ भएका सबै खेलाडीहरूले नगद १० हजार रूपैयाँ तथा ट्रफी हात पारेका छन् । विजयीहरूलाई बागमती प्रदेश सभा सदस्य द्वय रमा आलेमगर तथा विन्दु श्रेष्ठ, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, नगरका विभिन्न वडाका वडाध्यक्षहरू तथा सदस्यहरू लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय