ताप्लेजुङमा निर्माणधीनमध्ये सबैभन्दा ठुलौ क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनाको निर्माण कार्य रोक्नुपर्ने मागसहित स्थलगत रुपमा स्थानीयले बिरोध प्रदर्शन गरेका छन् । अप्पर तमोर हाइड्रोपावर प्रभावित संघर्ष समितिले निर्माणस्थलमै निर्माण स्थलमै कालोझण्डा सहित बिरोध प्रदर्शन गरेका हुन् ।

याक्थुङ लिम्बू समुदायको मुन्धुम स्थल बिनास हुने गरि निर्माणको कार्य अघि बढाएकाले तत्काल निर्माणको कार्य रोक्न संघर्ष समितिले विगत लामो समय अगाडिदेखि माग गर्दै आएका छन् । सङ्घीय सरकारसहित विभिन्न निकायमा ज्ञापन पत्र र ध्यानाकर्षण पत्रमार्फत जलविद्युत आयोजनाको काम रोक्नुपर्ने माग गर्दै आएपनि सम्बोधन नभएको सङ्घर्ष समितिको गुनासो रहेको छ ।

मुन्धुम स्थलको अस्तित्वमाथि क्षति हुने भएकाले विभिन्न ज्ञापन पत्र, ध्यानाकर्षण पत्र लगायतका माध्यममार्फत आयोजनाको काम रोक्न अनुरोधसहित माग गर्दा पनि काम नरोकिएकाले आन्दोलनमै उत्रन बाध्य भएको सङ्घर्ष समितिका सल्लाहार श्री लिङ्खिमले बताउनुभयो । उहाँले अब पनि निर्माणको कामलाई निरन्तरता दिएमा हालसम्म भई रहेको शान्तिपूर्ण आन्दोलनको स्वरूप परिवर्तन हुने चेतावनी दिनुभयो । असन्तुष्ट पक्षसँग जिल्ला प्रशासन कार्यालयमा पटक–पटक छलफलमा बसेपनि निष्कर्षमा पूग्न सकेको छैन । जनप्रतिनिधिले स्थानीयको मागलाई मध्यनजर गरेर समर्थन गर्नु सट्टा कम्पनीलाई समर्थन गरेको आरोप लगाएका छन् ।

हाइड्रोपावरका कारण अन्य क्षेत्रमा स्थानीयले उपभोग गरिरहेको खानेपानी सुक्ने लगायतका समस्या निम्तिने भएकाले त्यस्तै प्रकृतिको ससस्या भविष्यमा आफ्नो क्षेत्रमा पनि सिर्जजना हुने भएकाले आन्दोलनमा होमिएका स्थानीय बताउँछन् ।

आयोजनाले स्थानीयको नीजि जग्गामा समेत बिना जानकारी निर्माणको कार्य अघि बढाएको आरोप लगाएका छन् । आफुहरुले लगाएको अलैँची बाली समेत नष्ट गरेर निर्माण कार्य अघि बढाएको स्थानीय दाबी छ ।

फक्ताङ्लुङ गाउँपालिका भई बग्ने तमोर नदीबाट तमोर इनर्जी प्रालिले २८५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने गरी निर्माणको काम जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय