नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौति दिएका छन् । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूलाई जनताको साथ छ भन्ने लागे पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन पूर्वराजा शाहलाई चुनौति दिएका हुन् । उनले प्रतिगमनको दिशामा देशलाई लैजान खोज्नै कुनै कार्य स्वीकार्य नहुने चेतावनी समेत दिए ।

अध्यक्ष नेपालले कुनै वंशको शासन नेपाली जनतालाई स्वीकार्य नरहेको भन्दै भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने पनि बताए । जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय