काठमाडौं । मालपोत कार्यालय कलंकीले श्रेस्ता कायम गर्न प्रक्रिया अघि बढाएको छ । गत भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनका क्रममा कलंकी मालपोत र नापी कार्यालयमा तोडफोड र आगजनी भइ भौतिक संरचना लगायत कार्यालयमा रहेका अभिलेखहरु जलेर नष्ट भएपछि अहिले दैनिक सेवा प्रवाह समेत बन्द छ । कार्यालयले सेवा पुनः सुचारु गर्न, नष्ट भएका जग्गाधनी दर्ता श्रेस्ता तयार गर्न लागेको हो । जग्गाधनी स्वयम उपस्थित भइ भूमि प्रशासन निर्देशिका २०८१ को दफा २१ अनुसार निवेदन दिन पनि कार्यालयले आग्रह गरेको छ ।

कार्यालयले एक सूचना प्रकाशित गर्दै नागरिकता प्रमाणपत्रको प्रतिलिपी, जग्गा रहेको स्थानीय तहबाट भएको भोग सम्बन्धी र सम्बन्धीत जग्गाधनी एकीन गर्न स्थायी ठेगाना भएको स्थानीय तहको तीन पुस्ते फोटो टाँस सहितको सिफारिस, जग्गाधनीसँग भएको सक्कल पूर्जा, जग्गा प्राप्तीको श्रोतमा लिखतबाट प्राप्त भएको सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकोमा सो को प्रमाणित प्रति, प्लट रजिष्ट्रर, फिल्डबुक, नक्सा, चालु आर्थिक वर्षको मालपोत बुझाएको रसिद, जग्गा रोक्का रहेको अवस्थामा रोक्का गर्ने संस्थाको सहमति, आवश्यकता अनुसारको स्थलगत सर्जमिन, आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सूचना पनि आवश्यक पर्ने जनाएको छ । यस्तै गुठी जग्गाको हकमा गुठी संस्थानको सहमति पत्र, लगायत अन्य प्रमाणहरु पेश गर्नुपर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय