काठमाडौं । मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । बुधबार बिहान अख्तियारको टोलीले मालपोत कार्यालय काभ्रेमा छापा मारेर नगदसहित मुद्दा फाटका कर्मचारी नासू ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको छ । भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता राजेन्द्रकुमार पौडेलले टोली मालपोत कार्यालय काभ्रेमा पुगेको र मिशन सक्सेस भयो भन्ने जानकारी आएको तर टोलीहरू आयोग आएपछी मात्र थप कुरा जानकारी हुने बताए । भण्डारीबारे थप अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।






