सर्वोच्च अदालतको परमादेशपछि २४ घण्टाभित्र विश्वासको मत नलिएका मुख्यमन्त्री सरोजकुमार यादवले आज साँझ ५:३० बजे आफ्नो सरकारी आवासमा पत्रकार सम्मेलन आयोजना गर्न लागेका छन्। विह्वासको मत नलिएका मुख्यमन्त्री यादवको राजीनामा आउने पक्का भएको छ ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिने वा राजीनामा दिने विषयमा आज दिनभर आफ्नो पार्टीभित्र र कानुनविदहरूसँग छलफल गरेका थिए। सर्वोच्च अदालतको परमादेश इमेलमार्फत आज राति ८ बजे मुख्यमन्त्री कार्यालयमा प्राप्त भएको थियो। सोही अनुसार, यदि मुख्यमन्त्री यादवले विश्वासको मत नलिएका र राजीनामा समेत नगरेका खण्डमा आज राति ८ बजे उनी पदमुक्त हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय