अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका छन् । शनिबार पाल्पामा आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले अर्थतन्त्रमा थुप्रिएका समस्याहरु सरकारले हटाउँदै गएकाले सुधार देखिन थालेको बताएका हुन् । उनले आगामी दिनमा अर्थतन्त्रमा यो भन्दा पनि बढी सुधार आउने दाबी समेत गरे । अर्थमन्त्री महतले नेपालमै प्रशस्त अवसर रहेको भन्दै विदेश पलायन हुने सोच त्याग्न युवाहरुलाई आग्रह समेत गरे ।

मन्त्री महतले बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीका संचालकहरुलाई सरकारले कुनैपनि हालतमा कानुनको दायरामा ल्याउने चेतावनी समेत दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय