प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै मुलुकको अर्थतन्त्र संकटको डिलमा पुगेको बताएका छन । साथै उनले नक्कली भुटानी शरणार्थी प्रकरण थेग्न नसक्ने भएपछि आफैं बाहिर आएको र त्यसमा आफ्नो सग्लनता नरहेको जिकिर पनि गरेका छन ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले नक्कली भुटानी शरणार्थी प्रकरण थेग्न नसक्ने भएपछि आफैं बाहिर आएको बताएका छन । प्रतिनिधि सभामा आईतबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैंले बाघ मारेजस्तो हल्ला गरिरहेको टिप्पणी गरेका हुन । अध्यक्ष ओलीले शरणार्थी प्रकरणमा आफ्नो नेतृत्वको सरकारले कुनै गढबढी नगरेको जिकिर समेत गरे ।



अध्यक्ष ओलीले शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने काम भइरहेको आरोप पनि उनले दोहो¥याए । भ्रष्टाचारका सबै काण्डहरुको छानविनमा आफ्नो पार्टीले सरकारलाई पुरै सघाउने प्रतिवद्धता समेत उनले जनाए । पछिल्लो समय जनताको सरकारप्रतिको अविश्वास अभूतपूर्व रुपमा बढेको अध्यक्ष ओलीको भनाइ छ । वर्तमान सत्तारुढ गठबन्धन दुःखको कारण भएकोपनि उनले दाबी गरे ।
अध्यक्ष ओलीले अर्थतन्त्र संकटापन्न अवस्थामा रहेको र सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अस्वाभाविक गतिविधिहरु बढदा पनि सरकारले त्यसलाई सम्बोधन गर्न नसकेको बताए । नीति तथा कार्यक्रममा केही लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सरकारको नीति तथा कार्यक्रममा केही पनि नबोलिएको उनको आरोप छ । भारत भ्रमणका क्रममा यो विषय उठाउन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए ।
अध्यक्ष ओलीले नीति तथा कार्यक्रममा लोकतन्त्रप्रति सबैको विश्वास मजबुत बनाउने विस्तृत खाका नदिएको र सरकारप्रति विश्वास बढाउने कुनै कार्यक्रम पनि दिन नसकेको उनको भनाइ छ । उनले प्रधानमन्त्री दाहालसँग संसदमा राष्ट्रपतीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम फिर्ता लिएरर पुनर्लेखन गर्न समेतमाग समेत गरे ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताको समस्या समाधान गर्न सक्षम नरहेको भन्दै उनले आगामी एक वर्ष फेरि समय बर्बाद हुने टिप्पणी गरे । नीति तथा कार्यक्रम पारित गर्न योग्य नभएकाले कांग्रेसलाई समेत आफ्नो प्रस्तावमा समर्थन गर्न ओलीको आग्रह थियो । सम्बोधनका क्रममा ओलीले विश्वको तीव्र विकास गरेका १० मुलुकमा परिसकेको नेपाललाई आफ्नो सरकार ढालेर अलपत्र पारिएको आरोपपनि लगाए ।



