मुलुकबाट हुने कुल निर्यात घटिरहेका बेला अलैँचीको निर्यात भने ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको १० महिनामा पुर्वी सीमानाका कांकरभिट्टास्थित मेची भन्सार हुंदै ८९ लाख केजीभन्दा बढी अलैँची निर्यात भएको छ ।

पछिल्लो समय अलैंचीको उत्पादनसँगै निर्यात पनि बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैंचीको माग बढ्दै गएपछि पूर्वीनाका काँकडभिट्टाबाट निर्यातमा वृद्धि भएको हो । चालु आर्थिक वर्षको साउनदेखि –वैशाखसम्ममा पुर्वी सीमा नाका कांकरभिट्टास्थित मेची भन्सार हुँदै ७ अर्ब २८ करोड १४ लाख २५ हजार रुपियाँ बराबरको ८९ लाख २१ हजार ६७९ केजी अलैंची निर्यात भएको छ । बढ्दो आयात र घट्दो निर्यातका कारण देशको ब्यापार घाटा बढीरहेका बेला स्वदेशी कृषिजन्य बस्तुको निर्यात बढ्नु सकारात्मक भएको भन्सार अधिकारी बताउँछन् ।

गत वर्ष सोही अवधिमा ४ अर्ब २२ करोड १९ लाख ९७ हजार रुपियाँ बराबरको ४६ लाख ७० हजार ३६३ किलो अलैँची निर्यात भएको थियो । जसको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा अलैँची दोब्बर परिमाणले निर्यात भएको हो । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएको र भारत तथा भुटानमा अलैंची उत्पादन घटेका कारण नेपाली अलैंचीको निर्यात वृद्धि भएको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ ।

नेपालबाट भारततर्फ गएको अलैँचीलाई भारतले प्याकेजिङ गरेर आफ्नो ब्रान्ड बनाएर अन्य देशमा निर्यात गर्ने गरेको छ । महासंघका अनुसार देशको ५३ जिल्लामा अलैंची खेती सुरु भएको छ । जस मध्ये ४३ जिल्लामा व्यवसायीक रुपमा अलैंची उत्पादन भइरहेको छ । देशभर १८ हजार ६ सय हेक्टरमा अलैंची खेती हुँदै आएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय