मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई भक्तपुरस्थित निवासबाटै केन्द्रीय अनुसन्धान व्युरो सीआईबीको टोलीले पक्राउ गरेको हो । सीआईबी प्रमुख दीपक थापाले साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको बताउनुभयो । उहाँले प्रसाईंविरूद्ध किर्तेलगायत अन्य कसुरमा पनि अनुसन्धान हुने बताउनुभयो।

प्रसाईंले हिजो मात्र कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको करिब ३२ अर्ब लगानी रहेको भन्दै केही कागजात सार्वजनिक गरेका थिए । प्रसाईंले प्रधानमन्त्री ओलीको नाम र हस्ताक्षरसहित विवरण सार्वजनिक गरे पनि उनले गलत विवरण सार्वजनिक गरेर भ्रम फैलाएको आरोप लागेको छ । विवादित पृष्ठभूमिका प्रसाईं यसअघि असार ६ गते पक्राउ परेका थिए । रास्वपाकी एक केन्द्रीय सदस्यले दिएको जाहेरीअनुसार उनीविरूद्ध साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। उक्त मुद्दामा उनी १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय