नागरिकले सावधानी नअपनाउदा र चेतनाको कमीले कपिलवस्तुमा दिनहु आगलागीका घटना बढदै गएको छ । केही दिन यता कपिलवस्तुमा आगलागीको घटना बढ्दै गाएको छ । दिनहु जसो आगलागी हुदा धनजनको नोक्सानी हुँदै गएको छ । कडा मेहनतले उब्जाएको गहु बाली काटेर घर भित्राउने बेलामै खरानी हुदा किसानको मन कुडिएको छ । गत १८ गते कपिलवस्तुको शुद्धोधन गाउँपालिका ३ ठुलो सिसहानियामा आगलागीबाट ४२ बिघाको गहुँबाली जलेर नष्ट भयो । गँहु काट्ने कम्बाइनले एक्कासि खेतमा आगलागी हुँदा १५ जना किसानको ४२ बिघामा लगाइएको करिब २०० क्युन्टल बराबरको गहुँ बाली नष्ट भएको हो ।त्यसैगरि २२ गते शुद्धोधन गाउँपालिक ४ मुडफुटवामा आगलागीबाट २४ बिघाको गहुँबाली जलेर नष्ट भयो । एक्कासि खेतमा आगलागी हुँदा २१ जना किसानको २४ बिघामा लगाइएको गहुँबाली जलेर नष्ट भएको हो । यो आगलागीबाट करिब ९० क्युन्टल बराबरको गहुँ बाली नष्ट भएको प्रहरीले जनाएको छ ।

२२ गते नै जिल्ला कै विजयनगर गाउँपालिका नं ६ सेमरी चाफामा आगलागी हुदा पाँच घर जलेर नष्ट भएको हो । घिराउ कोरीको घर सगै आधा दर्जन बाख्रा र २० वटा कुखुरा चल्ला जलेर मरे । त्यस्तै २३ गते कपिलवस्तुको यशोधरा गाउपालिका वडा नम्बर ४ पोखरभिटवा स्थित काटने तयारी अवस्थामा रहेको गहु खेतमा आगलागी भएको थियो । स्थानीय हजरत अलीको खेतबाट सुरुभएको आगलागीले २५ कृषकको गहु बाली नोक्सानी भयो। कपिलवस्तु नगरपालिकाबाट गएको दमकल, सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगले आगलागी नियन्त्रणमा लिईएको थियो । यशोधरा गाउँपालिकाका किसान हजरत अलीले स्थानीय सरकारले आगो नियन्त्रणका लागि दमकल खरिद गर्नुपर्ने माग गर्नुभएको छ। पालिकाले विभिन्न शीर्षकमा बजेट छुट्याइरहँदा आधारभूत आवश्यकताको रुपमा रहेको अग्नि नियन्त्रकको ख्याल नगरेको आरोप लगाउनुभएको छ ।

यसैगरी कृषक कुतबुल्ला मुसलमानले नगरपालिकाले आगलागीबाट जलेका गहुको क्षतिपूर्ति दिनुपर्ने दिनुपर्ने माग गर्नुभयो ।प्रत्येक वर्ष विभिन्न बहानामा हाम्रो गुण नष्ट हुन्छ, हामी निकै पीडित भएको मुसलमानले दुखेसो पोखे । यशोधरा गाउँपालिकाको अध्यक्ष शिव दयाल तिवारीले आगलागी घटना प्रति दुःख व्यक्त गर्दै कार्यपालिकाको बैठक बसेर क्षतिको विवरण सङ्कलन गरी पालिकाबाट उचित क्षतिपूर्ति दिने जानकारी दिनुभएको छ ।

कपिलवस्तुमा दिनहुँ भइरहेको आगलागीका घटनाले स्थानीय कृषकलाई ठूलो क्षति पुर्‍याउने गरेको छ । विशेष गरी गहुँबाली पूर्ण रूपमा खरानीमा परिणत हुँदा किसानहरूको पूरै मेहनत र लगानी बर्बाद हुनेगर्छ । यति ठूलो समस्या हुँदाहुँदै पनि करोडौंको बजेट भएका स्थानीय सरकारले समयमै दमकलको व्यवस्था नगर्दा आगलागी नियन्त्रणमा ल्याउन कठिनाई हुनेगरेको छ । यो लापरबाहीकै कारण किसानहरूले ठूलो आर्थिक र मानसिक पीडा भोग्नु परेको छ । अबको लागि स्थानीय सरकार सचेत भई आगलागी नियन्त्रणका लागि आवश्यक दमकलको तत्काल व्यवस्था गर्न अत्यावश्यक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय