मोरङका विभिन्न नाका हुँदै भारततर्फ गाँजा तस्करी गर्ने गतिविधि दिनप्रतिदिन बढ्दै गइरहेको छ। मंगलबार राति मात्र मोरङ प्रहरीले १ सय ५५ केजी गाँजा बरामद गरेको छ। को १ च ९५८२ नम्बरको स्कारपियो गाडीबाट गाँजा बरामद गरेको प्रहरीले धरानका २४ वर्षीय राहुल विश्वकर्मा र धनकुटाका १९ वर्षीय सुरज राईलाई पक्राउ गरेको छ।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार, पक्राउ परेका युवकहरूले भरियाको रूपमा काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गाडीले प्रहरीलाई ठक्कर दिने प्रयास गरेपछि जोखिम मोलेर प्रहरीले उनीहरूलाई समातेको हो। पक्राउ परेका व्यक्तिहरूको साथबाट ३ थान मोबाइल पनि बरामद भएको छ। प्रहरीले ती मोबाइलको कल डिटेलका आधारमा गाँजा तस्करीमा संलग्न गिरोहसम्म पुग्ने योजना बनाएको छ।

धनकुटा र उदयपुरका विभिन्न स्थानमा खेती हुने गाँजा मोरङका नाकाहरू हुँदै भारत पुर्‍याइन्छ। त्यहाँ प्रतिकिलो ५ हजार रुपैयाँमा पाइने गाँजा भारत पुगेपछि २० लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। पक्राउ परेकाहरूमाथि लागुऔषध नियन्त्रण ऐन–२०३३ अन्तर्गत मुद्दा दर्ता गरी मोरङ जिल्ला अदालतबाट म्याद थप गरिएको छ।

यस प्रकरणले मोरङका नाकाहरू तस्करीका लागि सहज बन्दै गएको र सुरक्षाका लागि थप कडा निगरानी आवश्यक रहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय