मोरङ क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्कीलाई समर्थन गर्न गायक तथा समानुपातिक उम्मेदवार प्रकाश सपुत घरदैलो अभियानमा सक्रिय भएका छन्।
प्रकाश सपुत टेम्पो चढेर क्षेत्रका विभिन्न टोलबस्तीमा पुग्दै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। उनले कार्कीको पक्षमा मत माग्दै सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कारको आवश्यकता रहेको बताएका छन्।



घरदैलोका क्रममा स्थानीय युवासँग विशेष संवाद गर्दै उनले परिवर्तनका लागि नयाँ पुस्ताको सहभागिता महत्त्वपूर्ण रहेको धारणा राखेका छन्। मोरङ–३ मा प्रमुख दलहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलो, टोलभेला र अन्तरक्रिया कार्यक्रममार्फत मतदातासम्म पुग्ने प्रयासमा छन्।



