बर्षातको समयमा पर्याप्त विद्युत उत्पादन भएपनि विद्युत कटौती हुने समस्या भने बढेको छ । दिनमा दश पटक भन्दा लामो समयसम्म विद्युत आपूर्ति बन्द हुने समस्या देखिन थालेको उपभोक्ताहरुको गुनासो छ । विद्युत प्राधिकरणले भने प्राविधिक कारणले विद्युत आपूर्ति प्रभावित हुने गरेको दाबी गरेको छ । पूर्वदेखि पश्चिमसम्मका विद्युत केन्द्रमार्फत वितरण हुने प्रशारण लाइनमा बर्षाले प्रभावित बनाउदा आपूर्ति अनियमित हुने गरेको प्राधिकरणको भनाइ छ ।

रुखका हाँगाले विद्युत तारमा छुने लगायतका कारण देशभर विद्युत प्रशारणमा समस्या हुने गरेको प्राधिकरणको भनाइ छ । त्यस्तै आगलागी जस्ता दुर्घटना, पोल सार्ने कार्य, ट्रान्सफरमको गढबढी र नियमित मर्मत सम्भारका कारण पनि विद्युत आपूर्ति रोकिने गरेको प्राधिकरणको भनाइ छ । नेपालमा दैनिक ४३ देखि ४४ हजार मेगावाट घन्टा बराबर उर्जा खपत भएपनि संरचनाको सुधार समय अनुसार हुन सकेको छैन । विद्युत प्रशारण लाइन पनि समयमा निर्माण नहुँदा यस्तो समस्या हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय