काठमाडौं । नेपालमा वर्षायामको अवधि करिव करिव अन्तिममा पुगेका छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टाचेबर दुई तारिख हो । तर, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भने मनसुन सरदर मितिमै बाहिरिने सम्भावना भने न्यून रहेको छ । यसपटक मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने सम्भावना रहेको महाशाखाको अनुमान छ ।

नेपालको मनसुन भारतबाट प्रभावित हुने भएकाले पनि केही दिन ढिलो हुने अनुमान गरिएको हो । किनकी भारतबाट पनि मनसुन करिव ८ दिनपछि मात्रै हिजोबाट बाहिरिन सुरु भएकोले नेपालमा पनि केही दिन ढिलो हुने महाशाखाले जनाएको छ । यस वर्ष नेपालमा मनसुन भित्रिदा पनि सरदर मितिभन्दा एक दिन ढिलो भित्रिएको थियो । महाशाखाका अनुसार नेपालको पूर्वबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिनेछ । मनसुन बाहिरिने सरदर मिति निजिकिएसँगै वर्षा हुने क्रम पनि घट्दै गएको महाशाखाको भनाइ छ ।

मनसुन बाहिरिने सरदर मिति आउन ६ दिन मात्र बाँकी भएकाले यसबीच ठूलो वर्षाको सम्भावना नरेह पनि क्षणिक भारी वर्षा भने हुनसक्ने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय