काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्रलाई जोगाउन सरकार असफल भएको आरोप लगाएका छन ।

झुलाघाट, बैतडीदेखि चिवाभञ्याङ पाँचथर यात्राका क्रममा रूकुमकोटमा आयोजित सभामा उनले अहिले कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको भन्दै दुःख व्यक्त गरे । यही गतिमा जाने हो भने त देश ध्वस्त हुने भयो, उनले भने यस्तै अवस्था रहने हो भने यो सरकारलाई विस्थापित गर्नुपर्ने हुनसक्छ ।

 

एमालेले स्थानीय माग र आवश्यकताहरूको पहिचान गरेर समाधनका उपायहरू खोज्न पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा तय गरेको पनि ओलीको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय