ललितपुर । सातदोबाटोस्थित ग्वार्कोमा बनिरहेको ओभरपास यही जेठ मसान्तभित्र सम्पन्न हुने भएको छ । ओभरपास निर्माण सम्झौताको समय सकिएर एक वर्ष म्याद थप गर्दा पनि काम पूरा नभएपछि सडक विभागले निर्माण कम्पनीलाई गत पुसबाट हर्जना तिराएर काम गराइरहेको छ ।

निर्माण कम्पनीले सम्झौताअनुसार तोकिएको म्याद २०८० फागुन १२ मा पुरा गर्नु पर्ने थियो । ओभरपास आशिष–समानान्तर जेभीले २०७८ फागुन १२ मा सम्झौता गरी काम गरिरहेको छ ।

आयोजनाले यही जेठ १५ गतेभित्रै काम सकेर सरकारलाई हस्तान्तरण गर्ने तयारी गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय