काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस गएराति करिब साढे १२ बजे दुर्घटनामा परेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ४३७६ नम्बरको बस आफैं अनियन्त्रित भई सडक छेउमा पल्टिँदा २६ जना घाइते भएका हुन् । घाइतेमध्ये आठ जनाको अवस्था मध्यम र १८ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुई महिला र दुई पुरुषको बुटवलमा तथा तीन पुरुषको संजिवनी सामुदायिक अस्पताल, चन्द्रौटामा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएका १२ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेका छन् । बसमा चालकसहित ३७ जना सवार रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय