काठमाडौं । देशका केही भू–भागमा वर्षा भइरहेको छ ।
बागमती र कोशी प्रदेशका केही तथा लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।



जल तथा मौसम पूर्वानुमान महाशाखाले बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
राति बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।



