प्रधानमन्त्री पुष्षकमल दाहालले युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्न सरकारले ठूला परियोजनाहरु शुरु गर्न लागेको बताएका छन् । विश्व युवा दिवसका अवसरमा चितवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले युवाहरुलाई आर्थिक उपार्जनमा जोड्ने गरी सरकारले महत्वपूर्ण निर्णयहरु गरिरहेको बताएका हुन् । उनले सरकार सुशासन, न्याय र सम्वृद्धिका लागि दृढ भएर लागेको पनि दाबी गरे । प्रधानमन्त्री दाहालले हरेक मन्त्रीहरुलाई नमूना कार्य गरेर देखाउनका लागि कार्य सम्पादन सम्झौता गरिएको पनि बताए ।
प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणका क्रममा नेपालको आधुनिक कृषिलाई अगाडि बढाउने बिषयमा महत्वपूर्ण सम्झौताहरु भएको पनि उल्लेख गरे । निजी भ्रमणको शिलशिलामा शुक्रबार चितवन पुगेका प्रधानमन्त्री दाहाल भोलि मात्रै काठमाडौं फर्किने कार्यक्रम छ ।



https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



