आईसीसी टी–ट्वान्टी विश्वकपको एसिया छनोटको फाइनल प्रवेशका नेपालले १३५ रनको चुनौती पाएको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरको यूएईले निर्धारित २० ओभर सम्पूर्ण विकेट गुमाउँदै १३४ रन बनाएको छ ।

यूएईका लागि भित्रिया अरविन्दले ६४ रनको अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे । त्यस्तै मोहमद वसिमले २६ रन बनाउँदा अलिसान सफुरले १६ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि कुशल मल्लले तीन विकेट लिँदा सन्दीप लामिछाने दुई लिए । त्यस्तै सोमपाल कामी र रोहित कुमार पौड्यलले एक एक विकेट लिए ।नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप खेल्ने ओजनामा छ । आजको खेलमा जित निकाल्दा फाइनल पुग्नेसँगै २०२४ को विश्वकप पनि खेल्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय