मोरङ- रङ्गेली अस्पतालमा हाइड्रोसिलको निःशुल्क उपचार सुरु भएको छ। गत शुक्रबारदेखि हाइड्रोसिलको अपरेसन सेवा सुरु भएको हो । उक्त सेवामा रङ्गेली नगरपालिका सुनबर्सी नगरपालिका धनपालथान गाउँपालिका लगायत आसपासका स्थानीयहरुले सेवा लिइरहेका छन्।

शुक्रबारदेखि भएको शिविरमा हालसम्म २० जनाले हाइड्रोसिलका बिरामी हरुको सफलता पुर्वक अपरेसन सफल पुर्वक भईरहेको छ । शिविरमा २५ वर्ष को युवा देखि ८० वर्ष सम्मको वृद्धहरूले समेत निःशुल्क सेवा लिईरहेका छन । शिविरमा बिरामी हरुको लागि निशुल्क यातायात ,खानाको समेत व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यलयका अधिकृत अनिल देव ले बताए ।

हाइड्रोसिलको सेवा निजी अस्पतालमा गरेमा २० देखि २५ हजार रुपैयाँ सम्म लाग्ने गरेको भएता पनि स्वास्थ्य कार्यलय मोरङ ले निशुल्क सेवा सुरु गरेको बताए । मोरङ भरिका ३ सय जना को निशुल्क अपरेसन गर्ने र पुन हाइड्रोसिलको बिरामी थप भएमा पुन समय थप गरेर अप्रेसन समेत गरिने अनिल देवले जानकारी दिएका छन ।उक्त शिविर स्वास्थ्य कार्यालय मोरङको आयोजना र रंगली अस्पतालको सहयोगमा सो सिविर एक महिना सम्म सन्चालन गरिने अस्पताल प्रशासनका ओम प्रकाश यादव ले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय