वीरगन्जको सीमावर्ती भारतीय शहर रक्सौलमा नेपाली नम्बर प्लेटका चार पाङ्ग्रे सवारी साधनको प्रवेशमा लगाइएको रोकलाई फुकुवा भएको छ । मङ्गलवार बिहानदेखि नेपाली नम्बर प्लेट भएको चार चक्के सवारी साधनलाई रक्सौल प्रवेश गर्न भारतीय महावाणिज्य दूतावासबाट विशेष पास लिनुपर्ने नियम लगाइएको भएपनि एकदिनपछि नै त्यसलाई हटाइएको हो ।

रक्सौलस्थित भारतीय भन्सारमा रहेका कर्मचारीहरूको त्रुटिका कारण नेपाली नम्बर प्लेट सवारीसाधनलाई रक्सौल प्रवेशमा रोक लगाइएपनि त्यसलाई सच्चाइएको वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले जनाएको छ । नेपाल नम्बर प्लेट भएका चार चक्के सवारीसाधनलाई रक्सौल प्रवेश गर्न कुनै पनि किसिमको पास अथवा अनुमति लिनु नपर्ने महावाणिज्य दुतावासले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय