उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक सबै राजनीतिक शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ। आज पोखरामा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै उहाँले भने, “सकेसम्म राजनीतिक एकता गर्नुपर्छ, नसके कार्यगत एकता गरेर पनि अघि बढ्नुपर्ने छ।”

घिसिङले नयाँ र मूलधारका सबै राजनीतिक शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ। उहाँले उज्यालो नेपाल पार्टीले आफ्नो सम्मान र स्वाभिमान कायम राख्दै सबैसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पार्दै, केही दिनभित्रै यसको नतिजा आउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा स्थानीय पार्टी कार्यकर्ता र समर्थकहरू उपस्थित रहेका थिए। घिसिङले पार्टीभित्र एकता र वैकल्पिक शक्तिहरूबीच सहकार्यले मात्रै दीर्घकालीन राजनीतिक प्रभाव कायम गर्न सक्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय