काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज पनि सुनुवाई हुँदैछ ।
हिजो सर्वोच्च अदालतमा न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बन्दीप्रत्यक्षीकरण निवेदनसँगै लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट सुनुवाई सुरु भइको थियो । हिजो हेर्दाहेर्दैमा राखिएको रिटमा आज पनि सुनुवाई हुन लागेको हो ।



सुनुवाइ सकिएमा लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन तथा उनी र पूर्वडीआईजी जोशीका तर्फबाट दायर रिटमाथि सम्भवत आजै आदेश आउने सम्भावना रहेको छ ।



