काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनमा महिलाका लागि मात्रै बस सेवा सञ्चालन गर्न खोजेर भोटका लागि सस्तो राजनीति गरेको टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत् पोखरेलले यस्ता विषयमा सबै गम्भीर हुनुपर्ने समेत बताउनु भएको छ । पोखरेलले चितवनजस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गर्न आग्रह समेत गर्नुभएको छ । रास्वपाले महिलाका लागि मात्रै भनेर सार्वजनिक यातायातको सुरूवात गरेको सुन्दा हामी कता जाँदैछौं भन्ने प्रश्न उठेको पोखरेलको तर्क छ ।

प्रतिनिधिसभा सदस्य बनेको एक सय दिन पुगेको अवसरमा बुधबार रास्वपा सभापति लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन–२ मा महिलाका लागि निशुल्क बस सेवा सञ्चालनमा ल्याएउनु भएको छ । सोही विषयलाई लिएर महासचिव पोखरेलले नयाँ र वैकल्पिक शक्ति बनाउँछौं भन्नेहरूले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना नदेखिएको जिकिर गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय