काठमाडौं । रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको बस उत्तरगया गाउँपालिका वडा नम्बर ५ लहरेपौवामा दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् । बा ४ ख ८४३५ नम्बरको बस पासाङल्हामू राजमार्गअन्तर्गत उत्तरगया गाउँपालिका–५ लहरेपौवामा सडकबाट करिब ३० मिटर तल खसेको हो । दुर्घटनामा घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सबै घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि पठाइएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय