नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्रको पक्षमा माहोल नभएको बताएका छन् । काँग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलनको उद्धाटनका लागि धनगढी पुगेका सभापति देउवाले विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै यस्तो बताएका हुन् । सभापति शेरबहादुर देउवाले राजतन्त्रको पक्षमा माहोल नभएको बताए । उनले भने ‘खै मैले त केही माहोल देखेको छैन । आफुहरुपनि निर्वाचन जितेर आएको भन्दै देउवाले माहो दलहरुको नै बढी भएको बताए ।



देउवाले वर्तमान गठबन्धन ०८४ सालको निर्वाचनसम्म नै यथावत रहने बताए । उनले नेपाली काँग्रेसको महाधिवेशन समयमै हुने बताएका छन् । काँग्रेसको महाधिवेशन समयमै हुन्छ रु भन्ने पत्रकारको प्रश्नमा देउवाले समय मै हुने बताए । काँग्रेस सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि देउवासहितका नेताहरु धनगढी पुगे हुन् । सभापति देउवासंगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशशरण महत, बालकृष्ण खाण, दीलेन्द्र बडू लगायतका नेताहरु धनगढी पुगेका हुन् । उनीहरुको स्वागतका लागि ठुलो संख्यामा नेता तथा कार्यकर्ता धनगढी विमानस्थलमा पुगेका थिए ।



