काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले राजतन्त्रलाई स्वीकार नगर्ने बताउनु भएको छ ।

एमाले भ्रातृ संगठन युवा संघ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठकमा अध्यक्ष ओलीले थोरै चेतना भएका व्यक्तिले पनि राजतन्त्र स्वीकार नगर्ने बताउनु भएको हो । जनताले १५ वर्ष अघि काम नलाग्ने भनि फालिसकेको राजतन्त्र ब्यूँताउँछु भन्नु दिवा स्वप्न मात्र भएको टिप्पणी गर्नुभयो ।

युवा संघले गरेको प्रदर्शन टेलर मात्र भएको भन्दै उहाँले ठूला आन्दोलनका लागि तयार रहन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय