२०५८ जेठ १९ गते शुक्रबार अर्थात आजकै दिन राजा बीरेन्द्रको वंशनाश हुनेगरी नारायणहिटी दरबार हत्याकाण्ड भएको दिन । तत्कालीन राजा बीरेन्द्रको बंशनाश हुने गरी भएको हत्याकाण्डको २२ वर्ष वितिसक्दा पनि घटनाकाे बास्तविकता बाहिर आउन सकेको छैन ।बीरेन्द्रको बंशनाश हुनेगरी भएको त्यो हत्याकाण्डलाई आधुनिक नेपाली इतिहासको सबैभन्दा रहस्मय र कहालीलाग्दो घटनाको रुपमा लिने गरिएको छ ।

राजपरिवारको बंश नाश भएको यो दिनलाई इतिहासमा कालो दिनका रुपमा पनि स्मरण गरिन्छ । शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा त्रिभुवन सदनमा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भयो। राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, अधिराजकुमारी शान्ति, अधिराजकुमारी शारदा र कुमार खड्गविक्रम शाह पनि मारिएका थिए । हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनाका लागि तत्कालीन युवराज दीपेन्द्रलाई दोषी रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

समितिले दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरेको र अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर युवराजले परिवार सबै सदस्यलाई मारेर आत्महत्या गरेको कुरा अहिले पनि धेरै मानिसले पत्याएका छैनन्। उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ।तर यो हत्याकाण्डको दोषी को हो भन्ने कुरा पत्ता लगाउन सकिएको छैन । तर बेला बेलामा यस घटनाको रहस्य खोल्ने उदघोष गरिए पनि यो अझै सम्म बाहिर आउन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पु¥याउने पटक पटक बताउदै अाएकाछन्बर ।

संग्रहालयमा परिणत भइसकेको नारायणहिटी दरबार अहिले सर्वसाधरणका लागि खुल्ला गरिएकको छ । दरवार हत्याकाण्ड भएको आज २२ वर्ष पुगेको छ । दश जनाको ज्यान जाने गरी भएको हत्याकाण्डबारे छानबिन गर्न जुन समिति बनाइएको थियो, त्यसपछि यसबारे स्वतन्त्र रुपमा अरु अनुसन्धान हुन सकेको छैन । यो हत्याकाण्डबारे अनेक आशंका र अनुमान गरिए पनि घटना अहिले पनि रहस्यमय नै छ ।
उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सकेनन्।

२०६२÷६३ को जनआन्दोलनमार्फत पुनः स्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोस्यो। २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्र समाप्त भयो। २०६५ जेठ २९ गते पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन पुगेपछि राजपरिवारको कार्यालय र निजी निवासको रूपमा रहेको नारायणहिटी सरकारले जिम्मा लिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय