काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले खुद्रे आयोजना अघि नबढाउँदा १ खर्ब रुपैयाँ बचत हुने बताउनु भएको छ । अर्थ मन्त्रालयको पद बहालीपछि अर्थका अधिकारीहरूसँगको छलफलमा मन्त्री खनालले खुद्रे आयोजनाहरू हटाउन कार्यदल गठन गर्ने बताउनु भयो ।
उहाँले ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भएकाले खुद्रे आयोजना कटौतीबाटै १ खर्ब जोहो हुने बताउनु भयो ।



वर्तमान सरकार पूरक बजेटको सोचमा नरहेको भन्दै राजनीतिक दबाबमा बनाइएका आयोजनाका बजेटलाई अघि नबढाउने स्पष्ट पार्नुभयो ।



