महोत्तरी स्थित रातू नदीमा आइतवार आएको बाढ़ीले बगाउदा महोत्तरी गाउपालिका ३ डाम्ही निवाशी बृज मोहन ठाकुरका ३५ वर्षीय छोरा चन्दन ठाकुरको मृत्यु भएको छ । नदी तर्ने क्रममा उनको डूबी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृतक ठाकुर डिजेल खरीद गरि डामही तर्फ जाने क्रममा बलवा नगरपालिका ३ बदिया स्थित रातू नदीमा निर्माणाधीन झुलङ्गे पुलको अंतिम छोरमा अस्थायी रुपमा लगाइएको बॉस को लचकामा साइकल कांध मा बोकी जाने क्रम मा साइकल सहित नदीमा खसेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक नन्दकिशोर चौहान ले बताए । उनको शव पोस्टमार्टम को लागि प्रादेशिक अस्पताल जलेश्वर मा राखिएको उनले बताए ।

मृतक ठाकुरलाई नदी मा पानी अत्यधिक रहेकोले नदी पार नगर्न स्थानीय हरुले आग्रह समेत गर्दा उनि नमानेको स्थानियलाई उद्धरित गर्दै प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय