काठमाडौं । राप्ती राजमार्ग अन्तर्गत दाङ र सल्यान जोड्ने पैयाँखोरे राम्री सडकखण्ड स्तरोन्नति तथा चौडा गर्ने कार्यका लागि दैनिक ६ घण्टा बन्द गरिने भएको छ ।
सडक डिभिजन कार्यालय दाङका अनुसार माघ ८ गतेदेखि माघ २५ गतेसम्म बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उक्त सडकमा सवारी आवागमन पूर्ण रूपमा रोकिँदै निर्माण कार्य सञ्चालन गरिनेछ ।
सडक डिभिजन कार्यालय दाङले सडक चौडा गर्ने काम तीव्र रूपमा अघि बढिरहेको र गत वर्षको अनुभवका आधारमा दिउँसो सवारी रोक्ने मोडालिटी अपनाइएको जानकारी दिएको छ ।



निर्माण अवधिभर यात्रु तथा सवारी साधनका लागि पैयाखोरिया–सातावास–किमुचौर–कपुरकोट तथा तुलसीपुर–कालिमाटी–लुहाम सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न आग्रह गरिएको छ ।



