निरन्तरको वर्षाका कारण राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
सडक अबरुद्धका कारण सल्यान, रोल्पा, रुकुम आवत जावत गर्ने सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले यात्रुहरूलाई अर्को सूचना नआएसम्मका लागि यात्रा नगर्न र सडक सुचारु भएपछि मात्र सुरक्षित यात्राका लागि तयारी गर्न अनुरोध गरेको छ।



सडक खुलाउन प्रयास भइरहेको जनाइएको छ तर निरन्तरको वर्षाले काममा अवरोध पुगिरहेको जानकारी प्राप्त भएको छ। यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरिएको छ।



