काठमाडौं । अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाललाई नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले बोलाएको छ।

ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका केही अभिव्यक्तिका विषयमा जानकारी लिनुपर्ने भएकाले नेपाललाई उपस्थित हुन भनिएको हो। तर उनी हालसम्म ब्युरोमा उपस्थित भइनसकेको प्रहरीले जनाएको छ।

कुन विषयमा र कसको उजुरीका आधारमा बोलावट गरिएको हो भन्नेबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन। साइबर ब्युरोले नियमित प्रक्रिया अन्तर्गत प्रारम्भिक बुझाइ गर्न खोजिएको र त्यसपछि आवश्यक देखिए थप कदम चालिने जनाएको छ।

स्वागत नेपाल यही माघ ५ गते राप्रपामा प्रवेश गरेका हुन्। उनी आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय