काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चन्द्रागिरिले नगर अधिवेशन सम्पन्न गरेको छ । चन्द्रागिरिस्थित होटल ब्लु हेभनमा आयोजित अधिवेशनमा राप्रपा बागमती प्रदेशका अध्यक्ष एवम् पूर्वमन्त्री विक्रम बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । अधिवेशनबाट रञ्जन कुमार गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले राप्रपा अहिले पर्ख र हेरको अवस्थामा रहेको बताउनु भयो । उहाँले पछिल्लो राजनीतिक घटनाक्रमले अहिले नै यो वा त्यो निर्णय गर्न नसक्ने पनि बताउनुभयो । उहाँले विकसित राजनीतिक घटनाक्रम अनुसार अघि बढ्न पार्टीपंक्तिलाई आग्रह समेत गर्नुभयो ।

यस्तै राप्रपा बागमती प्रदेशका अध्यक्ष विक्रम बहादुर थापाले नव निर्वाचित कार्यसमितिलाई आसन्न संसदीय निर्वाचन केन्द्रित भई पार्टीको गतिविधि बढाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा राप्रपाका वडा, नगर, जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय