रामेछापकाे मन्थली नगरपालिका वडा नं ३ ठाँटिमा बा१६ च ६४७६ नं काे वलेराे दुर्घटना हुँदा २ जनाकाे घट्नास्थलमै ज्यान गएकाे छ । यसरी ज्यान जानेहरूमा ६२ बर्षिय कृष्ण नारायण श्रेष्ठ र ११ बर्षिया भुमिका श्रेष्ठ रहेका छन । दुर्घटनामा परी ९ जना घाईते भएकाे स्थानिय प्रतक्षदर्शी अाकास भट्टराईले जानकारी दिनुभयाे । मन्थली नपा र लिखु तामाकाेशी गा पा काे सिमाना स्थित ऐरम्वास मा रहेकाे शारदा देवी थान मा पुजा सकेर मन्थली नपा २ घर फर्कने क्रममा दुर्घटना भएकाे हाे ।






