काठमाडौं । रामेछापको अधिकांश गाउँमा मानिस बस्न छाडेपछि यहाँका बस्ती उजाड हुन थालेका छन् । गाउँमा रोजगारीको अवसर, शिक्षा र स्वास्थ्यको सुविधासमेत राम्रो व्यवस्था नहुँदा बसाईँ सर्नेक्रम बढेको छ । गाउँगाउँमा सिहंदरबार भने पनि गाउँमा भएको सिंहदरबारले प्रदान गर्ने सेवाले काम खासै केही गर्न सकेको छैन ।

२ नगरपालिका र ६ वटा गाउँपालिकासहित ८ वटा पालिका रहेको यस जिल्लाका सबै पालिकाका ग्रामीण बस्तीका घर खाली हुँदै गएका छन् । मन्थली नगरपालिका–८ को चिसापानीका अधिकांश घर खाली छन् । चाडपर्व र अन्य विषेश खालका कार्यक्रममा मात्रै जम्मा हुने यहाँका मानिस अहिले धेरैले घर छाडेर हिड्का छन् । गाउँमा मान्छे नहुँदा मलामी जाने र जन्ती जाने मान्छे पनि पाउन गाह्रो छ अहिले । मन्थली–८ का वडाध्यक्ष गोपाल श्रेष्ठले यहाँ सामुदायिक विद्यालयमा गाउँलेको आकर्षण नभएको र राम्रो स्वास्थ्य सेवा नभएकाले पनि गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि मानिसहरु शहर पसेको बताउँछन् ।

सरकारले गाउँमै रोजगारीको अवसर दिने वा स्वरोजगारमूलक कार्यक्रम ल्याई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रवाह गर्न सके गाउँ खाली हुने थिएनकी । यसमा सबैको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय