काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा २ सय जनाको टोली कोप २९ सम्मेलनका लागि अजरबैजानको बाकु पुगेको छ ।

राष्ट्रपति पौडेलको नेतृत्पमा राष्ट्रपतिका परिवारका सदस्य, मन्त्री, सचिव र विभिन्न मन्त्रालयका कर्मचारीहरू बाकु पुगेका हुन् । वन मन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा ३१ जना सरकारी खर्चमा बाकु पुगेका छन् । जसमा विभिन्न मन्त्रालयका दर्जनौं कर्मचारी भ्रमणमा छन् ।

उहाँहरुको भ्रमणको क्रममा लाने सम्पूर्ण खर्च सरकारी कोष र आइएनजीओले सहयोग गर्ने भनिएपनि अन्ततः यो खर्च राजश्वबाटै जाने बताइएको छ ।

राष्ट्रपतिले यति ठूलो टोली लिएर कोप २९ सम्मेलनमा भाग लिन अजरवैजान जानु आवश्यक थियो या थिएन भन्नेमा प्रश्न उठ्न थालेको छ । विज्ञहरुले अहिले राज्यको सम्पत्ति अनावश्यक घुमेर दुरुपयोग गरेको भन्दै विरोध गर्न थालेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय