काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिएर डिल्लीबजार कारागार लगेका छन् । चौधरी पक्राउको कारण भने खुलेको छैन ।

टीकापुर काण्डका मुख्य आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।

आजै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम रहेको थियो । तर, चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम अन्योलमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय