काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । प्रदर्शनकारीले सरकारी कार्यालय, नेताहरूका निवास र कार्यालयहरूमा तोडफोड तथा आगजनीका घटना देशभर देखिएका छन् ।
सोमबारदेखि सुरु भएको जेन–जी आन्दोलन मुख्य रूपमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार, राजनीतिक अस्थिरता र नेताहरू तथा उनका परिवारको विलासी जीवनशैलीविरुद्ध केन्द्रित रहेको छ ।



प्रदर्शनकारीहरूले नागरिक अधिकार र न्यायको माग गर्दै देशभर प्रदर्शन जारी राखेका छन् ।



